Popular Post

14 August

नेपाली पाठ-१ कक्षा -८

 अभ्यास


   मिल्ने शब्द छानेर खाली ठाउँ भर ;


      ( प्यारो, सहारा, पसिना, फासी )


हाम्रो देश हामीलाई प्यारो लाग्छ |


 ज्यामी, सिपाही र किसानहरु यस देशका सहारा हुन |


 नेपालको निर्माणमा पुर्खाहरुको पसिना बगेको छ |


 यो देश बचाउन पुर्खाहरु फासी चढनसमेत तयार थिए|


 तलका प्रश्नको उत्तर एक वाक्यमा लेख :


 पसिनाको धारा कहाँ बहन्छन् ?


 उतर-पसिनाको धारा देशको सिर्जनामा बगाउछन् |


 हाम्रा पर्वतहरु के जस्ता छन् ?


 उतर- पर्वतहरु खुल्ला पनापना जस्ता छन् |


 हाम्रा बलिया सहाराहरु को को हुन् ?


 उतर- हाम्रा बलिया सहारा ज्यामी, सिपाही र किसानहरु हुन् |


 पुर्खाले यो मुलुकमा जागरण ल्याउन के गरे ?


 उतर- पुर्खाले यो मुलुकमा जागरण ल्याउन पसिना र रगत बगेका छन् |


 नेपाल” कविताको मुख्य भाव लेख |


 


उतर- नेपालकविताका लेखक सिद्धीचरण श्रेष्ट हुन | यस कवितामा देशप्रेम, प्र्कूतिप्रेम र स्वतन्त्राप्रेमलाई प्रस्तुत गरिएको छ | यी विविध भावको सुन्दर संयोजनबाट यस कवितामा देश भक्तिभावको भाव नै मुख्य रुपमा प्रस्तुत गरिएको छ |कविले नेपाललाई सुन्दर र पवीत्र देशको रुपमा उल्लेक गर्दै यस देशलाई सुन्दर पार्ने अनेक किसिमबाट बर्णन गरेका छन् | प्राकूतिक सुन्दरताका धाराहरु लहलह रुपमा बगेको देक्न सकिन्छ साथै देशलाई सुन्दर बनाउने पर्वतमालाहरु टहटह टल्किने सुन्दर हिमालहरुले अझ सुन्दरबनाएको छ | बनजंगल, खोलानाला र चिरबिर चराको आवाजबाट निस्किने ध्वनिमा नेपालीहरुको पुरानो संस्कृतिको अभिब्यक्ति भएको पाइन्छ |यस्तो सुन्दर र महान देशको स्वतन्त्रता र रक्षाका लागि हाम्रा पुर्खा हरुले पटक पटक शत्रुहरुसग जित हासिल गरेर बहादुरी देखाएका छन् | उनिहरुले आफ्नो इज्जत र मान थप्दै अघि बढेका छन् | पुर्खाले दिएको बाटोमा आज हामी पनि अघिबढेका छौ र ज्यामी, सिपाही र किसान सबै देशको सिर्जनामा हाम्रा पुर्खाले रगत र पसिनाबगाएका छन् | उनीहरुले देखाएको बिरता हाम्रो नसा नसामा छ | हामी उनिहरुले देखाएको बाटो हिडिरहेका छौ | र देश स्वर्ग चुम्ने दिशामा अग्रसर भएको छ | हाम्रा पुर्खाहरुले बिपतिमा पनि कति नडराई काम गरेका थिए | हसिहासी फासीमा चड्न समेत तयार भाएका थिए | उनीहरुलेनै हाम्रो देशलाई बचाएका थिए | उनीहरुकै संघर्ष र बलिदानबाट यस मुलुकलाई जोगाउने काम गरेका थिए |कविले यस कवितामा हाम्रो देशको प्राकृतिक सौन्दर्यपुर्खाहरुको साहस र बलिदानको गाथा प्रस्तुत गरेर देशभक्ति भावलाई नै मुख्य रुपमा उलेख गरेका छन् |


 तलको प्रश्नको उतर लेख |


 कवितामा कविले नेपालको प्राकृतिक सुन्दरताको बर्णन कसरी गरेका छन् |


कवि सिद्धिचरण श्रेष्ट प्रकुति प्रेमि हुन् | उनि आफ्ना कवितामा पनि प्रकृतिको सुन्दरताको बयान गरेका छन् | उनले नेपाल कवितामापनि सुन्दर प्रकृतिको बारेमा प्रस्तुत गरेका छन् | कबिको बिचारमा नेपाल एउट पबित्र मुलुक हो| यस मुलुकलाई अनेकौ पर्वतमालाले झनै सुन्दर बनाएको छ | यस देशलाई वृक्ष, लहरा, छागाले झनै सुशोभित तुल्याएको छ | साथै कलकल बग्ने खोला नदीनाला र चराको आवाजले नेपालको सुन्दरता बल पुर्याउने काम गरेको छ | यसरी कविले कवितामा भावनात्मक र कलात्मक रुपमा प्रकृतिकक सुन्दरता व्याख्या गरेका छन् |


कवितामा हाम्रा पुर्खाहरुले देशको निम्ति दिएको योगदानलाई कसरी वणन गरिएको छ, लेख |


 सिद्धिचरन श्रेस्ठद़ारा लिखित “नेपाल’ देशभक्तिको भावनाले ओतपोता भएको कविता हो | यस कवितामा हाम्रा दुर्ददशि र वीर पुर्खाहरुले देशको निम्ति ठुलो योगदान दिएको कुरालाई पर्स्तुत गरेका छन| कविको बिचारमा नेपाली वीर सपुतहरुको इतिहासका अनेकै कालमा साहस देखाएर देशको रक्षा गरेका छन् | यस देशको इज्जत र मानलाई उच्च पार्न ज्यामी, किसान र सिपाहीले पुर्यएको योगदान अतुलानिया छ | नेपाल र नेपालीको मान मर्यादा कायम गर्न र देशलाई विकासको बाटोमा लम्काउन हाम्रा पुर्खाहरुले धेरैनै रगत र पसिना बगाएका थिए | पुर्खाले पुर्याएको योगदान नेपालीहरुको नसानसामा भेट्न सकिन्छ | त्यसैले फलस्वरूप नेपाल आज स्वतन्त्र मुलुकका रुपमा अघिबढेको छ |


व्याख्या गर :


ज्यामी, सिपाही र किसानसारा


छन् आज हाम्रा बलिया सहारा |


 


उतर- कुनै पनि मुलुकको अल्छी, उद्योग नगर्ने र साहस नदेखउने मानिसहरु बाट हुदैन | मुलुकको निर्माण त जागारीला, साहासी,अटिलाअनि इमान्दार मानिसहरुबाट मात्र सम्भव हुन्छ |नेपालको निर्माण र नेपालीहरुकोअस्तित्व रक्षा गर्ने यस्तै मानिसहरुको उक्त पंक्तिमा बयान गरिएको छ | नेपालको अनेकै कारखानाहरुमा आफ्ना बलिया पाखुरिका भरमा बच्ने ज्यमिहरुको देशानिर्मणमा ठुलो योगदान रहेकोछ | यस्तै देशको सुरक्षामा खट्ने सिपाही तथा अन्नबाली उब्जाएर देशको सेवा गर्ने किसानको योगदान पनि कम प्रशंसा गर्न लायक छैन | नेपाल र नेपालीहरुको आत्मसमान र आत्मरक्षाका खम्बा बनेका ज्यामी, सिपाही तथा किसान सम्पूर्ण नेपालीहरुको सहारा बनेका छन् | यिनले पुर्याएको योगदानकै कारण नेपालीहरु आज विश्वसामु सिर उच्च बनाएर बाच्न पाएका छ कविले उपुक्त पंतिमा देशानिर्माण विशिस्ट योगदान पुर्याउने इमान्दारी देशभक्ति ब्यक्तिहरुको योगदानलाई ठुलो प्रसंशा गरेका छन् |


 शब्द भण्डार


उल्टो अर्थआउने शब्द संग जोडा मिलाऊ :


 जस्तै : नयाँ = पुरानो


  इज्जत = बेइज्जत


   खुल्ला = बन्द


    स्वर्ग = नर्क


   चड्न = ओर्लन


   पवित्र = अपवित्र


   शान्ति = अशान्ति


 तलको शब्दको उस्तै अर्थ दिने शब्द लेख


 देश : मुलुक


बिशाल : गहन


पर्वत : पहाड


वूक्ष : वनस्पति


ध्वनि : आवाज


किसान : कृषक


जित : विजय


रक्त : रगत


विपत्ती : संकट


संघर्ष :आन्दोलन


 १०. तलको शब्दको अर्थ खुल्ने गरि बाक्यमाप्रयोग गर :


 प्यारो = मलाई मेरो देश प्यारो लाग्छ |


मन्त्र = देशलाई कसरी माया गर्नु पर्छ हाम्रा पुर्खाहरुले मन्त्र सिकाएका छन् |


मान = हामी कसैले पनि अर्काको मान हानी हुनेकाम गर्नु हुदैन |


 सङ्गीत = सङ्गीतले सबैलाई आकर्षित बनाउछ |


 पुर्खा =हाम्रा पुर्खाहरु देशभक्ति र साहसी थिए |


 


सिद्धीचरनको जन्म वि. स. (१९६८/३/९)मा पूर्वी नेपालको सगरमाथा अन्चल अन्तर्गत ओखलढुंगा जिल्लामा भाएको हो | उनको बुबाको नाम विस्नुचरन र आमा नीरकुमारीका एक मात्र सन्तान हुन् | उनले पन्ध वर्षको उमेर देखीनै साहित्य कविता लेखेका थिए | उनले नेपाली साहित्यमा थुप्रै कविताहरु प्रकाशन गरेकाछन् |मेरो प्यारो ओखलढुंगा, निर्झर, साझमा हिमालयको दृश्य, प्रताकालिन किरण, जुनकिरी, वर्षा आयो, वसन्त जस्ता कविता शारदामै प्रकाशित भइसकेका छन् | उनलाई नेपालीहरुले युगकबि को रुपमा चिन्दछन | नेपाल कवितामा उनले नेपालको सुन्दरताको वर्णन गरेका छन् | नेपाल यस्तो देश हो जहाँ सुन्दर, हरियाली जंगलका साथै टलटल अग्ला हिमालहरुको दृश्य प्रकृतिको वर्णन गरेका छन् | खोलानाला र चराहरुको आवाजले झनै सुनमासुगन्ध दिएको कुरालाई उल्लेख गरेका छन् | नेपालीहरुको परम्परागत मूल्य, मान्यता र सस्कृतिले नेपालीलाई चिनाएको पाइन्छ |नेपाल कवितामा नेपलीहरुको साहसी काम पुर्खाहरुले सिकाएको देखाएको बाटोलाई निरन्तरता दिदै अगाडी बढेको छन् | देशको लागि र देशको रक्षा गर्नलाई रगत बगाउन पनि पछि पर्दैन भन्दै नेपाल र नेपालीको गौरब, साहसको बारेमा यस कवितामा उल्लेख गरेको पाइन्छ |

No comments:

Post a Comment

Thanks you!!

Post List